विरानो भाषा । विराना मान्छे । र, पटक पटक दोहोरिरहने उही दृष्य । त्यो मात्र होइन नि, उही पडाई उनै समाचार, उही कम्प्युटर र उही म्यान्जर च्याटिङ । एक दिन त दिक्कै लाग्यो लाहोर बसाइ । विरत्तताको लहरोमा गाउ घुम्न जाने रहर जाग्यो । र, लागियो परम्परागत सांस्कृतिक गामतिर । बाँकी अंश..
विदेशवाट पतिले पठाएको पैसा कुम्लाएर केही महिलाले अन्यत्र विवाह गरेपछि बैदेशिक रोजगारीमा गएका हैटौडाका युवाहरुले पत्निको नाममा पैसा पठाउन हच्किएका छन् । मकवानपुरमा ६ महिनाको बीचमा २० जना महिलाहरुले विदेशवाट पतिले पठाएको पैसासहित लिएर दोश्रो विवाह गरेको उजुरी माइती नेपाल हेटौडा शाखामा परेको छ । 
खोई के हो, के हो । ब्लग लेख्नु परयो, केहि त लेख्नु परयो भनेर मलाई हिजो मात्रै साथिहरुले तताउनु तताए । म पनि होला नि त, भनेर जोस्सिएको । साथिहरु त फेरि आफैं सेलाएछन् । त्यसैले पहिलो ब्लग लेख्ने पनि म नै पो भएछु । लौ साथि हो ताते पछि फलाम जस्तै पो तात्नु पर्छ त । अलुमुनिएम को ताप्के जस्तो छिटै तात्नु अनि त्यो भन्दा चाँडो सेलाउने गर्न त भएन नि । मेरा यी २,४ हरफले उर्जा संकटको यो देशमा थोरै भए पनि तपाईंहरुको मनमा भने उर्जा ल्याउनेछ भन्ने आशा राखेको छु है ।